
काठमाडौँ, ३ चैत । मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर १ रुपैयाँमा टी–शर्ट उपलब्ध गराउने भएको छ ।
ब्राण्ड प्रवद्र्धनका साथै होली खेल्नेहरुलाई लक्षित गर्दै होलीको थिमयुक्त टी–शर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर रिचार्जरले ल्याएको हो ।
रिचार्जरका अनुसार बुधबार र बिहीबारको होलीका लागि उपभोक्ताले सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्मा रिचार्जरको मोबाइल एपबाट टी–शर्ट खरिद गर्नु पर्ने हुन्छ ।
यसरी १ रुपैयाँमा टी–शर्ट खरिद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट २०० क्यास व्याकको प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात २०० क्यास व्याकसहित १ रुपैयाँ भुक्तान गरेर टी–शर्ट किन्न सकिन्छ ।
गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले तत्कालै १०० क्यास व्याक पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास व्याक पाइने छ । क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा छुट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।
नेपालीहरुको हरेक दिनलाई सहज बनाउनका लागि ल्याइएको रिचार्जर नेपालकै सबैभन्दा धेरै फंगसन अर्थात मल्टिफंगसनिगं एप हो । एउटै एपबाट सामान किन्नका साथै अरु विभिन्न किसिमका सेवाहरु पाउन सकिन्छ ।
मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिङ गर्दा डेढ दर्जन बैंकको इ बैंकिङ, इसेवालगायतका गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्ने व्यवस्था रिचार्जरले मिलाएको छ ।
होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायकका बिलहरु पनि तिर्न सकिने रिचार्जर एपबाट क्यास व्याकको सदुपयोग गरी आवश्यक सामानखरिद गर्दै समय र पैसाको बचत गर्न सकिने कम्पनीले जनाएको छ ।















प्रतिक्रिया