१ कार्तिक २०८३, शनिबार

मगर संघको अध्यक्ष युकेमा अनिताको उम्मेदवारी घोषणा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । मगर संघ युकेको अध्यक्ष पदमा अनिता रानामगरले आफ्नो उम्मेदवारी घोषण गरेकी छिन् ।

मगर संघ यूकेकी उपाध्यक्ष रहेकी अनिता रानामगरले छैटौं कार्यसमितिको अध्यक्ष पदमाका लागि आफ्नो उमेद्वारी घोषणा गरिकी हुन् ।

गत मार्च २ मा फार्नबोरोमा सम्पन्न कार्यसमितीको बैठकमा अध्यक्ष पदमा रहेर काम गर्ने इच्छा जाहेर गर्दै आफ्नो उमेद्वारी घोषणा गरेकी हुन ।

रानामगर यस अघि मगर संघ स्विन्डन शाखाको उपाध्यक्ष र मगर युकेको सांस्कृतिक बिभाग सचिव रहेर संस्थाको सेवा गरिसकेकी छिन् । सरल स्वभाव र काम गर्ने उर्जा देखेर ३ बर्ष अघि मगर संघ युकेले उनलाई उपाध्यक्षको जिम्मेवारी प्रदान गरेको थियो ।

उपाध्यक्षमा रहेर मगर संघको बिभिन्न कार्यक्रमहरुको सफलता पूर्वक जिम्मेवारी वहन गरेकी छिन् ।

सोही जिम्मेवारी वहन गरेकै कारण रानाले आगामी ६ अप्रीलमा सम्पन्न हुने छैठौं अधिवेशनबाट निर्वाचित हुने नयाँ कार्यसमितीको अध्यक्ष पदको लागी आफ्नो उमेद्वारी घोषणा गरेकी हुन् ।

हग्ंकग्ंबाट समाज सेवामा प्रवेश गरेकी उनी मगर संघ हग्ंकग्ंको संस्थापक उपाध्यक्ष समेत भएर काम गरेर अनुभव लिइसकेकी छिन् ।

उनले स्विन्डनस्थित स्थानिय सामुदायिक संस्था नेपाली समाज विल्ट्शायरको सह९सचिव भएर काम गरेको अनुभव पनि लिएकी छिन् भने हाल उनी गोर्खा नेपाली समाज स्विन्डनको सल्लाहकार समेत छिन् ।