काठमाडौँ, २६ माघ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि सिफारिस समितिले सोमबार उक्त दुवै समितिमा नाम सिफारिस गरेको छ ।
शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने दुई महत्वपूर्ण आयोग गठनका लागि सरकारले गत असार २ गते गठन गरेको सो समितिले आठ महिनासम्म विभिन्न प्रक्रिया र विधिमार्फत नाम सङ्कलन गरी सरकारलाई नाम सिफारिस गरेको हो ।
सोअनुसार सत्य निरुपण आयोग अध्यक्षमा पूर्वराजदूत सूर्यकिरण गुरुङ तथा सदस्यमा लीला उदासी, कृष्ण सुवेदी, डा माधवी भट्ट र मञ्चला झाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै बेपत्ता छानबिन आयोग अध्यक्षमा समितिले पूर्व मुख्य न्यायाधीश लोकेन्द्र मल्लिक तथा सदस्यमा बिजुल विश्वकर्मा, प्रा डा विष्णु पाठक, नरकुमारी गुरुङ र आइबहादुर गुरुङको नाम सिफारिस गरेको छ ।
पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठका अध्यक्षतामा गठित सो सिफारिस समिति सदस्यमा सुदीप पाठक, प्रा डा घनश्यामलाल दास, प्रदीप पोखरेल र शान्तिदेवी खनाल रहनुभएको थियो । समितिले २०६३ साल मङ्सिर २३ गते तत्कालीन सरकार र माओवादीपक्षबीच भएको विस्तृत शान्ति सम्झौताको कार्यादेशअनुसार आयोग गठनका लागि नाम सिफारिस गरेको हो ।















प्रतिक्रिया