हुम्लाको होस् या सोलुको, समाज र राष्ट्रले जन्मिँदै नै मानवलाई एकल जात–जातिको मेटाउनै नसकिने टिको लगाइदिएको हुन्छ । न त्यो बाहुन को दोष हो, न शेर्पाको, न अन्य कसैको – सबै जन्मेको मानवकै रुपमा हो ।
“जातीय प्रदेश” भन्ने शब्दहरु नेपालको राजनीतिक, सामजिक र संचारमाध्यममा रोप्ने, उमार्ने, निफोन्ने काम शिक्षित भनाउँदा खसहरुले नै गरेका हुन् । जात–जातीय संकुचित जुत्ताबाट बाहिरिएर मानब दृष्टिमा मुल्यांकन गर्ने हो भने, वर्तमान र बिगतका शासकीय प्रणालीहरुले गर्दा जनजातिहरु जति रुष्ट छन् त्यतिनै खस जातिहरुको पनि बेहाल भएको छ । यो तितो यथार्थलाई न जातले न जातिले सम्बोधन गरेको पाइन्छ । र, मैले त आफैले देखेको छु, हाम्रा घरमा काम गर्ने बाहुन र छेत्री खेताला र कामदारहरुको पारिवारिक दुर्गतिपूर्ण करुण कर्महरु ।
















प्रतिक्रिया