
काठमाडौं, ३० फागुन । सिराहाको गोलबजारमा एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा स्थापना भएको छ । गोलबजार नगरपालिका–४ गोलबजारमा बैंकको शाखा स्थापना भएको हो । उक्त शाखाको नगर प्रमुख देवनाथ शाहले उद्घाटन गरे ।
बैंकका हाल देशभर २७७ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया