
काठमाडौं, ३० फागुन । सामसङ इलेक्ट्रोनिक्सले हालै एस सेरिजका चारओटा स्मार्ट फोनहरु बजारमा उपलब्ध गराएको छ । सामसङले ग्यालेक्सी एस सेरिजका स्मार्ट फोनहरु नेपाली बजारमा पनि उपलब्ध गराएको छ ।
कम्पनीले मार्च १ देखि मार्च १४ सम्म प्रि बुकिङ्गको व्यवस्था मिलाएको थियो । प्रि बुकिङ्गको अवधिभर नेपाली बजारमा यसको उल्लेखनीय माग भएको थियो ।
अब नेपाली ग्राहकहरुले सहजरुपमा एस सेरिजका चारओटै प्रकारका फोन खरिद गर्न सक्ने भएका छन् ।
नेपाली बजारमा ग्यालेक्सी एस–१०, ५१२ जीबीको मूल्य १ लाख ५४ हजार ५ सय तोकिएको छ । यस्तै १२८ जीबीको मूल्य नेपाली बजारमा १ लाख २३ हजार ४ सय रहेको छ । एस १० को मूल्य १ लाख १० हजार ९ सय रहेको छ भने एस १० ई को मूल्य ९३ हजार ९ सय रहेको छ ।
यस्तै मोबाइल खरिदका लागि देशका विभिन्न ९ बैंकहरुमा मासिक किस्ताबन्दीको सुविधा पनि रहेको छ । ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र हुलास इन्भेष्टमेन्टबाट मासिक किस्ताबन्दीको व्यवस्था रहेको छ ।
विशेषता:
गेमिङः गेमिङको लागि AI मा आधारित यो फोन गेमिङ्गको लागि विशेष छ । हार्डवेर तथा सफ्टवेर, तथा Dolby वातावरण vapor chamber cooling system ले खेल पारखीहरुका आवश्यकतालाई पूरा गर्ने छन् ।
सेक्युरिटीः विशेष सुरक्षा defense-grade Samsung Knox रहेको यो फोन निकै सुरक्षित मानिन्छ ।
उपलब्ध कलरः
Prism white, Prism black , Prism blue गरी ३ रंगमा उपलब्ध हुनेछ ।
हेर्नुस् अन्य विशेषता:
- ६.१ ईन्च क्वाड एचडी प्लस स्क्रिन
- ट्रिपल क्यामेरा
- ६४ विट अक्टा कोर प्रोसेसर
- ८ जीबी र्याम, १२८ जीबी रोम, ५१२ जीबीसम्म बढाउन सकिने
- ३४०० एमएएच ब्याट्रि
- डबल सिम (न्यानो+माइक्रो)
- एन्ड्रोइड ९.० पाई अपरेटिङ सिस्टम ।















प्रतिक्रिया