
-बिजय चालिसे
कावासोती, ३० फागुन । नवलपुरको सदरमुकाम कावासोतीमा ठूलो आवाजमा बिस्फोट भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत डिभिजन वन कार्यालय कावासोतीको अगाडि ११:३० बजेतिर बिस्फोट भएको हो ।
बिस्फोट निकै ठूलो आवाजमा भएको थियो । यद्धपी, बम हो या होइन भन्ने विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । तर, बिस्फोटपछि बारुदको गन्ध आएकाले सकेट बम हुन सक्ने अनुमान गरिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए।

बम हो कि हाेइन भन्ने अनुसन्धानका लागि नेपाली सेनाको टोली घटनास्थल आउँदै गरेको उनले बताए । बिस्फोट पछि सुरक्षा सतर्कता थप बलियो बनाएको छ । बिस्फोटबाट मानवीय तथा भौतिक क्षति भने भएको छैन ।
बिस्फोट भएको स्थानदेखी जिल्ला प्रहरी कार्यलय नवलपुर करिब १०० मिटरको दुरिमा पर्छ । यसअघि बिहान पनि गैंडाकोटमा भेटिएको शंकाष्पद वस्तु सेनाले हटाएको थियो ।












प्रतिक्रिया