२० कार्तिक २०८३, शुक्रबार

चन्दको बन्द प्रभाव : पोखरा र गोरखामा भेटिएको बम सेनाद्वारा निस्कृय

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’  समूहले आह्वान गरेको नेपाल बन्दका क्रममा विभिन्न स्थानमा बम फेला परेका छन्।

प्रहरीका अनुसार पोखराका दुई स्थानमा फेला परेको बम नेपाली सेनाले निस्कृय पारेको छ।

पोखराको सभागृह चोकमा भेटिएको बम सेनाले निस्कृय पारेको कास्की प्रहरी प्रमुख ओम रानाले बताए । पोखराकै लेखनाथ भण्डारी रंगशाला नजिकै भेटिएको सकेट बम सेनाले निस्कृय पारेको उनले बताए।

यस्तै, गोरखा नगरपालिका–६ भिआइपी टोलमा भेटिएको प्रेसर कुकर बम सेनाले निस्कृय पारेको गोरखा प्रहरीले जनाएको छ।

यसैगरी, हेटौडाको औद्योगिक क्षेत्रको मूलगेटमा शंकास्पद वस्तु फेला परेको छ। ३ नम्बर प्रदेश प्रहरी प्रमुख दीपककुमार थापाका अनुसार त्यो शंकास्पद वस्तु डिस्पोज गर्न सेनालाई खबर गरिएको छ।