२० कार्तिक २०८३, शुक्रबार

गैंडाकोटमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, ३० फागुन । नवलपुरको गैंडाकोटमा भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैडाकोटको जय श्री पुलमा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका थिए ।

झ्याल्तुङडाडाबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलिले अनुसन्धान गर्ने क्रममा बम नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बाल्टीमा जुटको बोरामा बालुवा पोको पारेर बाहिरबाट टेपले बेरेर राखिएको शंकास्पद बस्तु सेनाले हटाएको प्रहरीको भनाई छ ।

शंकास्पद बस्तु भेटिएपछि बिहानैदेखि ससस्त्र पहरी, जनपथ प्रहरीले सुरक्षा दिएका थिए । शंकास्पद बस्तु कसले राख्यो भन्ने खुल्न नसकेको र त्यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।