
गुल्मी, २९ फागुन । गुल्मीमा गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । इस्मा गाउँपालिका–२ हस्तिचौर, छल्दी पनाहामा बुधबार स्थानीय जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुलाई कार्यक्रमबारे जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
ग्रामिण उद्यमशिलता विकास केन्द्र, शाखा कार्यालय गुल्मीले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टले उद्यमशिलताको तालिम स्थानीय तहमा रोजगारी सिर्जना गरी लघु उद्यमीहरुको विकासमा केन्द्रीत हुनुपर्ने बताए ।
गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रमअन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने परियोजना संयोजक भगवती श्रीसले बताए ।












प्रतिक्रिया