२० कार्तिक २०८३, शुक्रबार

नेपालका २ सय विद्यार्थीलाई भारतद्वारा छात्तवृत्ति प्रदान

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । काठमाडौं स्थित भारतीय दूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा उच्च शिक्षा अध्ययनलाई अघि बढाउन २०० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८–२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको छ ।

यस वर्ष नेपालका ५० जिल्लाको विद्यार्थीहरुले एमबीबीएस, बीडीएस, बीएस्सी,  बीबीए र बीकम लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउँनेछन् । यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग रहेका छन् ।

काठमाडाैँको एक हाेटलमा बुधबार आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहका प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे । नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सल्लाह दिए ।

उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य” को ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो ।

छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो । सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ ।

छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबीबीएस/बीडीएसको विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना नेपाली ४ हजार, बीईको विद्यार्थीले चार वर्षसम्म प्रति महिना नेपाली ४ हजार र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना नेपाली ३ हजार रुपैयाँ पाउनेछन् ।

हाल सम्म नेपालका ७७ जिल्लका २३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकिएको छ । नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ्ग, कला, कमर्स, विज्ञान, कम्पुटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले कूल ३००० छात्रवृत्ति प्रदान गर्दछ ।

यी छात्रवृत्तिहरु नेपाल तथा नेपाली जनताको समग्र सामाजिक–आर्थिक विकासका निमित्त नेपालमा मानव स्रोतको विकासमा सहयोग पुर्याउन भारतले गरेको प्रयासको एक हिस्सा रहेकाे नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।