३ कार्तिक २०८३, मंगलबार

कतार एयरवेजको सतप्रतिशत महिला समूह सम्मिलित उडानको प्रशंसा

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । कतार एयरवेजले आइतबार १० मार्च कोशेढुङा स्वरुप ब्रसेल्स्देखि दोहासम्मको उडान पूर्णरुपले १५ महिला समूहको चालक दलले सञ्चालित उडान पूरा गरेको छ । बेल्जियमको राजधानीदेखि कतारको हवाई केन्द्रसम्मको उक्त एयरबस A350 सत प्रतिशत महिला समूह सम्मिलित चालक दल भएको पहिलो उडान हो ।

एयरलाइनले हालै अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा)सँग ‘आइएटा डाइभर्सिटी एण्ड इन्क्लुजन अवार्ड्स’ को सुरुवातको लागि १० वर्षे साझेदारी घोषणा गरेको छ जसले उड्डयन उद्योगमा बृहत् रुपमा लैङ्गिक विविधतालाई प्रोत्साहन गर्दछ ।

महिला वर्गलाई यस उद्योगको प्रत्येक स्तरमा अगाडि बढाउन प्रोत्साहन प्रदान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कतार एयरवेजले अर्को दशकका लागि उक्त अवार्डलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । सम्मानका पहिलो विजयीहरुको नाम आगामी जुन महिनामा हुने आइएटाको वार्षिक साधारण सभामा घोषणा गरिने छ ।

‘कतार एयरवेज यस एयरलाइन र पूरै उद्योगभित्र लैङ्गिक विविधतालाई प्रोत्साहन गर्न प्रतिबद्ध छ’, कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले भने, ‘ब्रसेल्स्देखि दोहासम्मको हाम्रो दुईवटा उडान कतार एयरवेजमा समान रुपमा महिलाहरुलाई प्रतिनिधित्व गराउने हाम्रो वृहत् लक्ष्यको एक उदाहरण हो ।’