२० कार्तिक २०८३, शुक्रबार

जन्मथलो तनहुँको थर्पुमा कमल थापालाई भव्य स्वागत

9.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २९ फागुन । राप्रपाले संचालन गरेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज काठमाडौं उपत्यका प्रवेश गर्दैछ ।

पोखराबाट सुरु भएको यात्रा तनहुँको थर्पु आईपुग्दा स्थानीयले यात्राको नेतृत्व गरिरहेका राप्रपा अध्यक्ष कमल थापा लगायत नेता तथा यात्रीहरुलाई स्वागत गरेका छन् ।

थर्पु राप्रपा अध्यक्ष कमल थापाको जन्मथलो हो । थापालाई थर्पुमा पार्टी कार्यकर्ता, स्थानीय र आफन्त नातेदारहरुले स्वागत गरे । आफन्त नातेदारहरुले दुबोको र फुलको माला लगाईदिदै दृढता र उच्च मनोबलका साथ अघि बढ्न आग्रह गरेका छन् । ‘समस्या र चुनौतीलाई चिर्दै अघि बढ्नुस्, आत्तिनु पर्दैन हामी छौ’, उनीहरुले भने ।

थापाले तपाईहरुको कारणले उर्जा मिलेको भन्दै सबैलाई धन्यवाद दिए । दमौलीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले मुलुकको मालिक बनाउछौ भन्नेहरुले लाखौ युवाहरुलाई बिदेश खेदेको भन्दै आक्रोश पोखे ।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सम्वर्द्धन र धर्म, संस्कृति, पहिचानको रक्षाको निमित्त एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको थापाले बताए ।

तनहुँको डुम्रे, आबुखैरेनी र धादिङको गजुरीमा कोणसभा गरि यात्रा आजै काठमाडौं प्रवेश गर्ने राप्रपा सहायक महामन्त्री राजराम बर्तौलाले जानकारी दिए ।