१ कार्तिक २०८३, आइतबार

रङ्गशाला निर्माणका लागि लमजुङ आमा समूहको साढे ६ लाख सहयोग

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ फागुन । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह यूकेले ६ लाख ५५ हजार ८ सय ५० रुपैयाँ सहयोग गरेको छ ।

सोमबार फाउण्डेशनको कार्यालयमा संस्थाका अध्यक्ष जुना गुरुङसहित अन्य पदाधिकारीहरुको उपस्थितीमा सहयोग रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरिएको हो ।

यूकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोश्रो रमाईलो साँझ’ बाट संकलन भएको रकम आमा समूहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष गुरुङले धुर्मुस सुन्तलीसँग भेट्न पाउँदा खुसी लागेको बताउँदै फाउण्डेशनको कामबाट आफूहरु प्रभावित भएर सहयोग गर्ने भावना जागेको बताइन् ।

‘उहाँहरुको कामबाट हामी निकै प्रभावित छौं’ अध्यक्ष गुरुङले भनिन् ‘यूकेमा रहनु हुने सबै आमाहरुको सहयोगमा हामीले कार्यक्रम गरेर संकलन गरेको रकम उहाँहरुलाई दिन पाउँदा हामी निकै खुसी छौं ।’

सहयोग हस्तान्तरणमा सहयोग लिँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ले सबैलाई धन्यवाद दिइन् । ‘यो सहयोग मात्रै होइन्, नारी एकता, नारी शसक्तता पनि हो जस्तो लाग्छ’ घिमिरेले भनिन् ‘अर्काको देशमा बसेर आफ्नो देशलाई चिनाउन र कुनै पनि नारीलाई दुख पर्दा सहयोग गर्ने लमजुङ आमा समूहको कामले म आफैंपनि नारी भएको हिसावले निकै खुसी छु ।’

देशकै गौरवको गरियोजना आफूहरुले आँट गरिरहँदा प्राप्त हुने सहयोग र सकारात्मक प्रतिकृयाले आफूहरुलाई निकै ठूलो हौसला मिलेको बताउँदै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले भने ‘रङ्गशाला नितान्त यहाँहरुकै सहयोगमा निर्माण सफल हुने हो । सबैजना अभियन्ता बनेर सहयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौं ।’