
काठमाडौँ, २७ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा र चितवनको रत्ननगर नगरपालिकास्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले गरे भने टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले उद्घाटन गरे ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको जनाएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९६ वटा शाखाहरु र ६३ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा १५९ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।
साथै, बैंकको देशभर ११९ वटा एटीएमहरु पनि संचालनमा रहेको छ ।















प्रतिक्रिया