
काठमाडौँ, २६ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले सप्तरीको राजविराज नगरपालिकामा शाखा विस्तार गरेको छ ।
राजविराज नगरपालिका–८ स्थित शाखाको नगर प्रमुख शम्भुप्रसाद यादवले आइतबार उद्घाटन गरे । शाखाको उद्घाटन समारोहमा नगर प्रमुख यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।
बैंकले देशभर रहेका २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि नीजि क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको नायव प्रमुख कार्यकारी अधिकृत सुधिनरनाथ पाण्डेले जानकारी दिए ।
हालसम्म बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको पाण्डेले बताए ।















प्रतिक्रिया