
काठमाडौँ । गायक अनिश दवाडी र सम्झना भण्डारीको स्वर रहेको ‘परदेशी’ गीति एल्बम सार्वजनिक भएको छ । नवराज अधिकारी तथा सरिना तामाङ्गको शब्द रहेको गीतमा मनकुमारी मगरले संगीत भरेकी छन् ।
राजेश भण्डारीले निर्देशन गरेको गीतको भिडियोमा नवराज अधिकारी र निरुता भट्टराईलार्ई ‘फिचरिङ’ गरिएको छ । माधव पौडेलले खिचेको भिडियोलाई विजय पोखरेलले सम्पादन गरेका छन् ।
दवाडी प्रदेशी भूमीमै छन् । उनले यसअघि प्रगतीको खोजिमा, तिम्रा बाउलाई गुल्टाइदिम, नेपाल जान मन लाग्यो नी, बलात्कारीलाई फाँसी दिनु पर्यो जस्ता गीत बजारमा ल्लयाइसकेका छन् ।
उनले ढुकढुकी, पागल प्रेमी, रोल्पा सल्यान, नाँच छमछमी जस्ता गीतहरुमा शब्द तथा सङ्गीत भरिसकेका छन् ।
हालै सार्वजनिक प्रदेशी गीतको भिडियोमा परदेशमा लाखौँ नेपालीले भोगिरहेका पीडालाई देखाउन खोजिएको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहाेस्















प्रतिक्रिया