३० आश्विन २०८३, शुक्रबार

सुन्तलाभित्र कसरी हालियो १२ किलो अफिम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

orange-Aafim

पाकिस्तान, २५ माघ । फलफूलको भण्डार भारत–पाकिस्तान सीमाक्षेत्र कश्मिरमा सुन्तलाभित्र १२ किलोग्राम अफिम हालिएको भेटिएको छ । पाकिस्तानी कश्मिरबाट भारततर्फ गइरहेका ट्रकमा सुन्तलाभित्र राखेको अवस्थामा १२ किलो अफिम बरामद गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सुन्तलाभित्र १२ किलो चरेश भेट्टिएपछि भारतीय अधिकारीहरूले ट्रक चालकलाई लागुपदार्थ ओसारपसार गरेको आरोपमा पक्राउ गरेर भारत तथा पाकिस्तानले विवादास्पद क्षेत्र कश्मीरमा हाल कायम सीमामा व्यापार स्थगन गरेका छन् ।

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि कश्मीर भारत तथा पाकिस्तानबीच विभाजित रहेको छ । दुबै मुलुकले उक्त क्षेत्र पूर्ण रूपमा आफ्नो भएको दाबी गरेका छन् । उनीहरूबीचको सीमामा सन् २००८ मा शान्ति प्रयासका रूपमा उत्पादन साटफेर व्यापार आरम्भ भएको थियो । यो व्यापार पनि विभिन्न विवादबीच पटकपटक अवरुद्ध बनेको छ ।

सीमाको पाकिस्तानी पक्षका व्यापार सहयोग अधिकारी बसरात इकबालले भारतीय अधिकारीले शुक्रबार साँझ उक्त दिनको बिहानै नियन्त्रण रेखा नाघेका २२ वटा पाकिस्तानी ट्रकलाई रोकिएको जानकारी दिएको बताउनुभयो ।

उहाँले भारतीय अधिकारीले सुन्तला लिएर गएको एक ट्रकमा १२ किलोग्राम अफिम फेला पारेको र चालकविरुद्ध कारवाही गरिने जानकारी दिएको उल्लेख गर्नुभयो । साथै उहाँले आफूहरूले पनि पाकिस्तानको कश्मीर पक्षमा ५० वटा भारतीय ट्रक रोकेको बताउनुभयो । उहाँले सीमाको दुबै पक्षमा यातायात एकैपटक हुने गरेको जानकारी दिनुभयो ।

पाकिस्तानी कश्मीर व्यापार तथा यातायात प्राधिकरणका महानिर्देशक इम्तियाज वायनले गैरकानुनी रूपमा मालसामान ओसारपसार गरेको आरोपमा भारतीय पक्षले पाकिस्तानी चालकमाथि कारवाही गर्न नपाउने बताउनुभयो ।

उहाँले सम्झौताअनुसार भारतीय पक्षले पाकिस्तानी ट्रकमा केही प्रतिबन्धित सामान फेला पारेमा त्यस्तो ट्रक तथा ट्रक चालकलाई थप कारवाहीका लागि पाकिस्तानी पक्षलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।