
काठमाडौं । लामो अन्तरालमा फिल्ममा देखिन्छन्, अभिनेता अनमोल केसी । अनमोलका फिल्मका कथाबस्तु खासै गतिला नभए पनि उनको क्रेजका कारण फिल्म उद्योगमा राम्रो व्यापार हुने ठानिँदै आएको छ ।
होस्टेलबाट फिल्म अभिनयमा यात्रा थालेका उनको एकल अभिनेता भएका जेरी, गाजलु, ड्रिम्सलगायतका फिल्मले राम्रो व्यापार गरेका थिए । तर, यसपटक भने अनमोलको ‘स्टार छवि’ पनि चिप्लिएको छ । दर्शकले अनमोल होइन, फिल्मको कथाबस्तु नै खोजेको जवाफ अघिल्लो हप्ता प्रदर्शनमा आएको ‘क्याप्टेन’मार्फत दिएका छन् ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोललाई सोचेजस्तो अभिनयमा नपाइएको हो वा यो कथाबस्तुमा फिट नदेखेका हुन् दर्शककले, त्योचाहिँ खुल्ने क्रममा छ । तर, जसरी किशोरी युवतीको आइकन र क्रेजका रूपमा उनका फिल्मले बजार तताउँदै आएका थिए, क्याप्टेनले साख राख्न सकेन ।
‘हरेक अभिनेताका प्रत्येक फिल्म हिट हुँदैनन् । यति हुँदैमा एउटा कलाकारको साख गिर्छ भन्ने पनि होइन’, फिल्म निर्माता भानु प्रताप भन्छन्,‘फिल्मको व्यापारिक अवस्था कस्तो भयो त्यो सार्वजनिक हुन सकेको छैन । तर, अन्य समयजस्तो यस पटक प्राविधिक विश्वमा पनि उनको चर्चा पहिलेजस्तो देख्नचाहिँ सकिएन ।’
सिनेमा घरमा फिल्मले औसत भन्दा राम्रो व्यापार गर्न सकेन । केही कलाकारले बाध्यात्मक प्रशंशा गरे पनि फिल्मको प्रस्तुती खासै राम्रो नभएको टिप्पणी आम साधारणले गरेका छन् ।
त्यसो त फिल्म समिक्षक, रिभ्यु गर्नेहरूबाट औसतसम्म पनि रेटिङ नपाएको फिल्मले कति कमायो भन्ने विषयचाहिँ निर्माता तथा अनमोलनपिता भुवन केसीलाई जानकारी हुनसक्छ, जुन विवरण अहिलेसम्म बाहिर ल्याइएको छैन ।
फिल्म चल्दा हल–हलमा फ्यानको बाक्लो उपस्थितिमा देखिने अनमोल यसपटक रिलिजको अन्तिम हप्ता सामाजिक सञ्जालमा देखिए । यसबाट उनको व्यस्तता र व्यग्रता हलमा नरहेको पनि पुष्टि हुन्छ । उनी फेसबुकमा पहिलो पटक शुक्रबार लाइभ देखिएका थिए ।
तर फिल्म निर्माता भुवन केसीले भने राम्रो सफलता हात परेको भन्दै दाबी गर्दै आएका छन् । आफ्नो निर्माणमा बनेको ‘प्रोपर्टी’लाई कसैले नराम्रो भन्दैन । तर, त्यसको निर्णयचाहिँ दोस्रो हप्ता लागिसक्दा क्याप्टेनले हलमा पाइरहेकै होला ।















प्रतिक्रिया