लसएञ्जलस । हलिउड स्टार सेलेना गोमेजलाई पछाडि पारेर अमेरिकी गायिका एरियाना ग्रान्डे इन्स्टाग्रामको सबैभन्दा बढी फलोअर्स भएकी महिला बनेकी छिन् ।
एरियानाले पछिल्लो चार महिनामा तीन मिलियन नयाँ फलोअर्स बनाएकी छिन् । अहिले उनको एक सय ४७ मिलियन फलोअर्स रहेका छन् ।
यसअघि सेलेना इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएकी महिला सेलेब्रिटी थिइन् । एरियाना र सेलेना दुवैजना फुटबल स्टार क्रिस्टियानो रोनाल्डोभन्दा पछाडि छन् ।
रोनाल्डोको इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स छन् । उनको फलोअर्स एक सय ५५ मिलियन पुगेका छन् । सेलेना वेलावेला इन्स्टाग्रामबाट गायब हुने गरेका कारण उनका फलोअर्स तुलनात्मक रूपमा कम भएको हो ।
एरियानालाई यो वर्ष बिलबोर्डको कभरमा पनि स्थान मिलेको थियो । गत १० फेब्रुअरीमा प्रतिष्ठित म्युजिक अवार्ड समारोहमा एरियानाको पोल्टामा पहिलो ग्रामी अवार्ड परेको थियो ।
उनले ‘स्विटनर’ गीतबाट अवार्ड जितेकी थिइन् । एरियाना गत वर्ष प्रेमी पिट डेभिडसनसँग इंगेजमेन्ट तोडेपछि पनि चर्चामा थिइन् ।















प्रतिक्रिया