काठमाडौं, २६ माघ । प्रहरीमा कारवाही हुन्छ तर जिम्मेवारी स्थानमै कायम राखिने प्रचलनले सेवा प्रभावहिन हुने गरेको पाइएको छ ।
जिम्मेवारी बहान गर्न नसकेको आरोपमा सेवामा कार्यरत प्रहरीलाई कारबाही हुन्छ तर उनीहरुको राम्रै स्थानमा सरुवा हुन्छ ।
यस्तै भएको छ रौतहटका २ घटनालाई लिएर तत्कालिन प्रहरी प्रमुख एसपी उमेश रन्जितकारलाई विभागीय कारवाही भएको छ ।
तर अन्य प्रहरी उपरीक्षकको दाँजोमा उनको रौतहटबाट मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बारामा सरुवा भएको समाचार राजधानी दैनिकले छापेको छ ।
कर्तब्य ज्यान र जबर्जस्ती करणीको घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतटहका प्रहरी निरिक्षक रामप्रकाश चौधरीलाई, प्रहरी प्रधान कार्यालयले मुद्धा फाटका प्रहरी नायव निरिक्षक चुडामणी दाहाललाई निलम्बन गरेको छ भने रन्जितकारलाई विभागीय कारबाही गरेको हो ।















प्रतिक्रिया