१ कार्तिक २०८३, आइतबार

भारतीय व्यापारीहरूको नेपालमा अबैध व्यवसाय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold-Sunकाठमाडौं, २६ माघ । अवैध डंगले सुन ल्याउन बिभिन्न ब्यापारीबाट संकलन गरिएको करोडौं रकमसहत २ भारतीय र ३ नेपाली ब्यापारी पक्राउ परेका छन् ।

महानगरी प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले अवैध सुन र पैसा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ब्यापारीबाट स्रोत नखुलेको करिव ४ करोड रुपैयाँ र अवैध ढंगबाट आएको ६ किलो सुन बरामद भएको समाचार राजधानी दैनिकले छापेको छ ।

प्रहरीका अनुसार सुन तस्करीका लागि उनीहरुले सो रकम जम्मा गरेका हुन् । पक्राउ पर्नेमा न्युरोडस्थित बालाजी एन्ड सन्सका संचालक भारतीय नागरिक बालु जगन्नाथ, द यूनाइटेड गोल्ड मार्कका आकाश बज्राचार्य, बौद्धका ममन स्टार्सका संचालक भारतीय नागरिक नरेश अग्रवाल, बांगेमुडास्थित संगम ज्वेलर्सका रमेश खड्का र मोरङ घर भइ चावहिल बस्ने शिवराज श्रेष्ठ रहेका छन् ।