३० आश्विन २०८३, शुक्रबार

यी हुन् घुस लिदालिदै पक्राउ परेका नेपाल प्रहरीका डिएसपी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalpolice_902412077

काठमाडौं, २५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक रमेशकुमार तामाङविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार प्रहरी उपरीक्षक तामाङले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भन्दै केही दिन पहिले रु ५० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए ।

आयोगले तामाङलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । तामाङले भने आफूले घुस लिएको नभई सापटी मागेको प्रतिक्रिया दिएका थिए ।