काठमाडौं, २२ फागुन । राजस्व अनुसन्धान विभागले एक अर्ब ७५ करोड रुपैयाँ कर छलीको आरोपमा २४ जनामाथि मुद्दा दायर गरेको छ ।
झुटा तथा नक्कली बिजक तयार पारी कर छली गर्ने जयकिशोर साह, परमेश्वर साहसहित २४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुलाई झुटा तथा नक्कली विजक तयार पारी करिब १ अर्ब ७५ करोड कर छली गरेको आरोपमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
विभागको अनुसन्धानमा १३ प्रतिशत भ्याट र खर्च देखाई आयकर २५ प्रतिशत छली गरेको पाइएको छ । अनुसन्धानमा कतिपय फर्महरु कारोबार गरेर गायब भएको भेटिएको छ ।
महानिर्देशक मैनालीले कारोबारमा आएका तर भएका फर्महरुको अनुसन्धानलाई पनि अघि बढाइएको जानकारी दिए ।















प्रतिक्रिया