
काठमाडौँ, २१ फागुन । नेपाली सेनाले प्राविधिकतर्फ विभिन्न एक सय ५० पदका लागि आवेदन खुलाएको छ।
भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न ट्रेडका अधिकृत, पदिक, बिल्लादार तथा प्राड जम.मा रिक्त एक सय ५० पदमा सोमबार दरखास्त आवेदन खुल्ला गरेको हो।
दरखास्त दिन इच्छुक व्यक्तिले आगामी चैत १९ गतेसम्म दरखास्त आवेदन दिन सक्ने भर्ना छनौट निर्देशनालयले जनाएको छ ।
दरखास्त आवदेदन नारायणहिटी दरबारको उत्तरी गेटतर्फ रहेको नेपाल क्याभलरी खेल मैदानमा वितरण भइरहेको र आवेदन फारम भरेपछि सोही स्थानमै बुझाउनु पर्ने सेनाले जारी गरेको सूचनामा उल्लेख छ ।















प्रतिक्रिया