१ कार्तिक २०८३, शनिबार

एनआरएन कपको उपाधि एभरेस्ट फुटबल क्लब मेड्रिडले चुम्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बार्सिलोना । गैर आवासीय नेपाली संघ स्पेनको आयोजनामा एन आर एन स्पेन कप खुल्ला फुटबल प्रतियोगितामा एन आर एन मेड्रिड (एभरेस्ट फुटबल क्लब मेड्रिड)को समूहले उपाधि जितेको छ ।

सचिब दिनेश गिरीको संयोजकत्वमा बार्सिलोनाको एक फुटबल मैदानमा खेलाईएको उक्त प्रतियोगिताका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुल आचार्यले उद्घाटन गरेका हुन । जम्मा ८ समूहले भाग लिएको उक्त प्रतियोगिताको फाइनलमा तमु समाज स्पेनलाई १ का बिरुद्द ३ गोल गरेर मेड्रिडले उपाधि चुमेको हो ।

कार्यक्रममा एन आर युरोप संयोजक शिब बरुवाल , स्पेनका आइसीसी सदस्य मुक्त गुरुङ लगायत स्पेनमा रहेका सम्पूर्ण संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

संघका महासचिब कृष्ण भुसालले कार्यक्रम उत्कृष्ट र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको र सम्पूर्ण खेलाडीहरुको उच्च प्रदर्शन रहेको बताए ।

कार्यक्रम पश्चात एन आर एन स्पेनका अध्यक्ष चिन्तामणि सापकोटाले सम्पूर्ण खेलाडीहरुलाई बधाई दिदै यो कार्यक्रम सम्पन्न गर्न सहयोगी भूमिका गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गरिने जानकारी दिए ।

नेपालीहरुको अन्य कार्यक्रम भन्दा उल्लेखनीय उपस्थिति रहेको एन आर एन कपमा रातको ११ बजे सम्म पनि उत्साह र धैर्यताका साथ् नेपाली दाजु भाई तथा दिदीबहिनीहरुले खेलाडीहरुलाई हौसला प्रदान गरे ।