२९ आश्विन २०८३, बिहिबार

रसुवाको टिमुरेमा पुग्यो जनता बैंक, ग्राहलाई सहज सेवा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janata-bank-limited

काठमाडौं, २५ माघ । पश्चिमी नेपालको विकट रसुवा जिल्लामा जनता बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको छ । जनता बैंकले रसुवाको टिमुरेमा बैंकको ३३ औं शाखा स्थापना गरेको हो ।

आइतबार रसुवा शाखाको उद्घाटन गरिएको छ । शाखाले आइतबारदेख िनै सेवा सुरु गरेको छ । जनता शाखा रसुवाले स्थानीय स्तरमा सेवा दिनुका साथै नेपालको रसुवागढी नाकाबाट मित्र राष्ट्र चीनसँग हुने व्यापारिक कारोबारमा व्यवसायीको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्ने नीति छ ।

रसुवामा टिमुरे शाखाको उद्घाटन बैकका सञ्चालक रामचन्द्र शाह र रमेशप्रसाद न्यौपानेले एक कार्यक्रमकाबीच गर्नुभयो । कार्यक्रममा बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै शाखा विस्तार गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत डा. रमेश कुमार भट्टराईले बताउनुभयो ।

बैंकले हालसम्म ३२ वटा शाखा, २ वटा एक्सटेन्सन काउण्टर र २७ वटा एटीएम मार्फत ग्राहकलाई सेवा दिदैँ आएको छ ।