३ कार्तिक २०८३, मंगलबार

अर्थतन्त्रसम्बन्धी ऐन बनाउन १० वटा उपसमिति गठन

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । अर्थ मन्त्रालयले अर्थतन्त्रसम्बन्धी ऐन निर्माण गर्न तथा करसम्बन्धी विवाद सुल्झाउन र निजी क्षेत्रसँग सम्बन्धित कानुनहरु निर्माण तथा संशोधन गर्नको लागि १० वटा उपसमिति गठन गरेको छ ।

भएका ऐनहरुको पुनरवालोकन गरी समयअनुसार सुधार गर्नको लागि भन्दै उपसमितिहरु गठन गरिएको छ । अर्थ मन्त्रालयले सूचना जारी गर्दै अर्थ मन्त्रालयमा बसेको राजस्व परामर्श समितिको बैठकअनुसार उपसमिति गठन भएको जानकारी गराएको छ ।

सरकारी तथा निजी क्षेत्रका विभिन्न निकायका प्रतिनिधि रहने गरी १० वटा विषयगत उपसमिति गठन भएको हो । समिति गठन भई तिनको कार्य विवरण र मार्गनिर्देशन समेत निर्धारण भएको छ । सातैवटा प्रदेशका राजधानीहरुमा पनि अन्तक्रिया तथा छलफल कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा समितिका संयोजक राजस्व सचिव लाल शंकर घिमिरेले उप–समितिहरुले प्रतिवेदन पेस गर्दा सुझावहरुलाई तात्कालिक, मध्यकालीन र दीर्घकालीन ढाँचामा प्रस्तुत गर्न र सुझाव कार्यान्वयनको खाका समेत सिफारिस गर्न निर्देशन दिएको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।