२० कार्तिक २०८३, शुक्रबार

काठसहित तस्करीमा संलग्न पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २० फागुन ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ ।

वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताउनुभयो । कामी कृष्णपुर– ४ का बासिन्दा हुन् ।

काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ । “काठ काट्ने कार्यमा संलग्न अन्य छजना वन कार्यालयको टोली देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका छौँ”, कार्यालय प्रमुख पण्डितले भन्नुभयो, “काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ ।” –रासस