काठमाडौं, २५ माघ । ५ दिनअघि काठमाडौंसिथत त्रिभुवन विमानस्थलबाट नयाँदिल्ली उडेका एक यात्रुको लगेजबाट ३५ हजार भारतीय रुपैयाँ चोरी भयो ।
इन्डिगो एयरका यात्रु डिके सिंहले लगेजमा राखेको व्रिफकेसबाट रकम चोरी भएको हो ।
विमानस्थलमा सिसिटिभी पनि जडान गरिएको छ । सिंहको रकम झिकेको दृश्य सिसिटिभीमा नभएको विमानस्थलले जनाएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
विमानस्थलमा यात्रुको समान चोरी हुने यो नौलो घटना होइन ।
लगेजभित्र रहेका आइफोन, मोवाइल, खेलौना लगायतका सामाग्रीहरु चोरी भएको भन्दै दिनमा पाँचदेदि ७ वटासम्मका उजुरी आउने गर्दछन् ।















प्रतिक्रिया