
काठमाडौं, १५ फागुन । एनआइसी एशिया बैंकका सबै शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकीकरण गरी स्मार्ट टेलर संचालनमा ल्याएको छ ।
डिजिटल बैंकिङ्ग प्रबिधिलाई अझ परिस्कृत गर्दै बैंकले स्मार्ट टेलर सञ्चालनमा ल्याएको हो ।
योसँगै बैंकका ग्राहकले चेकबिना नै आफ्नो मोवाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी काउण्टरबाट रकम झिक्न सक्नेछन् । यो कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिइएको छ ।
बैंकका हाल देशभर २७७ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया