३ कार्तिक २०८३, मंगलबार

मुक्तिनाथ बैंकद्धारा प्रहरी प्रभागको भवन बनाउन आर्थिक सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल, हनुमानस्थानस्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण गर्न पचास हजार रुपैयाँ सहयोग गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमकाबीच सो रकमको चेक बैंकका कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरे ।