२९ आश्विन २०८३, बिहिबार

२ करोडको आयव्यय प्रस्तुत गर्दै सकियो धुलिखेल सहकारीको साधारणसभा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhulikhel co-operativeकाठमाडौं, २४ माघ । राजधानीमा रहेको धुलिखेल सहकारीको चौथो साधारणसभा सम्पन्न भएको छ ।

शनिबार काठमाडौमलको ग्यालेक्सी पार्टी प्यालेसमा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि वडालले सहकारी सामाजिक ब्यावसाय रहेको बताउँदै अब सहकारीको विकास बिना मुलुकमा आर्थिक विकास सम्भव नभएको बताए ।

बडालले अब सरकारले सहकारीको माध्यमबाट सबैलाइ समेट्ने कार्यक्रम ल्याउन लागेको बताउँदै हाम्रो देश अनेकतामा बिभिधता रहेको औल्याउदै आर्थिक समृद्धीमा लाग्न सहकारीहरुलाइ आग्रह गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष धर्मराज सिटौलाले संस्थाले कर्जा लगानी १ करोड ९५ लाख ६३ हजार ५ सय रहेको बताए । संस्थाको सात सय बचतकर्ता र निक्षेप १ करोड २५ लाख ४६ हजार २ सय ८० रुपैया रहेको सहकारीका संचालक रामचन्द्र अधिकारीले बताए ।

साथै धुलिखेल सहकारीले १५ प्रतिसत बोनस सेयर र ५ प्रतिशत नगद सहीत २० प्रतिशत लाभांसको घोषणा गर्नुका साथै कर्मचारीहरुलाइ एक महिनाको तलव बोनस दिने घोषणा गरेको छ ।