
वासिङ्टन डिसी अमेरिका । अमेरिकाको भर्जिनियामा सडक दुर्घटनामा परी एक वृद्ध नेपालीको मृत्यु भएको छ ।
भर्जिनियाको प्रसिद्ध शहर टाईसन कर्नरमा गाडीले ठक्कर दिँदा छोरी ज्वाइँसँग बिगत एक वर्षदेखि फल्स चर्चमा बस्दै आएका नेपाली ७२ वर्षीय चन्द्र भण्डारीको घटनास्थलमै मृत्यु भएको छ भर्जिनियाको फेयर फ्याक्स प्रहरीले जनाएको छ।
दुर्घटना भर्जिनियाको सडक ७ तथा राजमार्ग ४९५ बीच ६:१५ देखि ६:४५ को जेब्रा क्रसिङ्गमा हिँड्दै गर्दा गाडीले ठक्कर दिएको थियो। घटनापछि लिजबर्ग पाइक अनुसन्धानका लागि बन्द गरिएको सूचना फेयर फ्याक्स प्रहरीले सामाजिक संजाल माध्यमद्वारा सूचना दिएका छन्।
प्रहरीका अनुसार ठक्कर दिएको गाडीका चालक फरार रहेको र खोजी कार्य तीब्र पारिएको छ। हाल भण्डारीको शव पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ।
नुवाकोटको थानसिङ स्थायी घर भएका भण्डारी एक वर्ष अगाडि USA पर्मानेन्ट रेसिडेन्सी लिएर अमेरिका आएका थिए। मृतक भण्डारीका फल्स चर्चमा छोरी ज्वाइँ छन् भने नेपालमा श्रीमती, एक छोरी र एक छोरा छन् ।
Our Crash Reconstruction Unit is investigating after a pedestrian was hit and killed at the ramp from eastbound Leesburg Pike to southbound I495. The vehicle involved left the scene. Eastbound Leesburg Pike remains closed for the investigation. Please avoid the area. #FCPD pic.twitter.com/xvfCAPKdPM
— Fairfax County Police (@FairfaxCountyPD) February 26, 2019















प्रतिक्रिया