२९ आश्विन २०८३, बिहिबार

सिद्धान्त, समय र न्यानो ढुङ्गो

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

मार्क्सले करीब पौने दुई सय वर्ष पहिले दर्शन, समाजशास्त्र र राजनीतिको बारेमा अघि सारेका अवधारणाले अहिले पनि विश्व हल्लाइरहेछ । राजनीतिमा उनले घोषणा गरेका थिए–वर्ग संघर्षमा सर्वहारा वर्गले पूँजीपति वर्गलाई परास्त गर्ने छ ।

सम्पूर्ण निजी सम्पत्तिको राष्ट्रियकरण हुनेछ । सबैलाई राज्यले योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम प्रदान गर्ने साम्यवादी व्यवस्था लागू हुनेछ । यति मात्र होइन, उनले कल्पना गरेको साम्यवादीे संसारमा मुद्रा, सेना, प्रहरी र राज्यको सीमा समेत आवश्यक पर्ने छैन भनेका थिए । लेनीनले त यतिसम्म भने–साम्यवादी व्यवस्थामा सुन चर्पी बनाउन मात्र काम लाग्छ, किनभने सुनमा खिया लाग्दैन । भौतिक वस्तुमा आएको परिवर्तनले मानव चेतनामा प्रत्यक्ष प्रभाव पार्ने हुनाले मार्क्स र लेनीनको पालामा सिङ्गो युरोपमा आएको परिवर्तनले उनीहरुमा त्यो तहको उच्च चेतनाको वीजारोपण हुन सक्यो । उनीहरुले त्यति परसम्म देख्न सके ।

लेनीनले त यतिसम्म भने–साम्यवादी व्यवस्थामा सुन चर्पी बनाउन मात्र काम लाग्छ, किनभने सुनमा खिया लाग्दैन ।

रुस, चीन, उत्तर कोरियालगायतका देशमा गरिएका विभिन्न अभ्यासले देखाएको छ– मार्क्सले गरेको त्यो भविश्यवाणी विभिन्न हिसाबले लागू भयो । संसारबाट मार्क्सले परिभाषा गरेजस्तो सर्बहारा वर्गको रुपमा परिवर्तन आए पनि सारमा परिवर्तन आएको छैन । संसारमा शोषण रहेसम्म वर्गीय लडाईं रहिरहन्छ । विदितै छ, मार्क्सवाद गतिशील विज्ञान भएकोले कुनै पनि देशको तत्कालीन परिस्थितिमा आधारित भएरमात्र लागू हुनसक्छ ।

मार्क्सवादको त्यो गतिशीलता देख्न नसक्नेहरु व्यवहारमा आउन नसक्ने सिद्धान्त पण्डितले वेदका ऋचा घोकेझैं घोक्नेहरु वाम राजनीतिबाट हराएका छन्, हराउँदैछन् । ढुक्कले यसो भन्न सकिन्छ– मार्क्स अहिलेसम्म बाँचेका भए आफ्ना तत्कालीन कतिपय धारणा समय सापेक्ष बनाउन कम्मर कसेर लाग्दा हुन् ! वस्तु आधारित अर्थ व्यवस्थाबाट संसारले ज्ञान आधारित अर्थ व्यवस्थामा फड्को मारिसक्दा विचार चाहिँ जहींको त्यहीं रहनै सक्दैन । निःसन्देह, विचारले फड्को मार्नै पर्छ ।

मार्क्सकै समयमा नेपालमा भानुभक्त कविता लेख्दै थिए । उनले लेखेको कविताको एक हरफलाई तत्कालीन नेपाली पाठकहरुले त्यस हरफलाई सत्यको रुपमा लिए । फलस्वरुप लामो समयसम्म नेपाली महिलाले हाँस्न समेत पाएनन् ।

मार्क्सकै समयमा नेपालमा भानुभक्त कविता लेख्दै थिए । उनले लेखेको कविताको एक हरफ यस्तो छ –‘हाँस्नु हुँदैन कदापी नारीहरुले वेश्या हुन्या हाँस्तछन् ।’ तत्कालीन नेपाली पाठकहरुले त्यस हरफलाई सत्यको रुपमा लिए । फलस्वरुप लामो समयसम्म नेपाली महिलाले हाँस्न समेत पाएनन् । नेपाली महिलाले लुकेर वा पछ्यौराले मुख छोपेर हाँसेको हामीले देख्यौं । अब त भानुभक्तको त्यो हरफ केवल हाँस्ने विषय मात्र हो । अहिलेसम्म भानुभक्त बाँचेका भए महिलालाई अपमान गरेकोमा चोक चोकमा माफ माग्दै हिड्दा हुन् ! मार्क्सका समकालीन भानुभक्तको तत्कालीन बुझाई र लेखाई सतप्रतिशत असान्दर्भिक भइसकेको छ । मार्क्सको तत्कालीन बुझाई पनि सतप्रतिशत सही हुने त कुरा भएन ।

समाजको तीव्रतर विकासका लागि मानव ज्ञान, सोचाई र बानीमा त्यति नै तीव्रतर पुनर्ताजगी हुनु अपरिहार्य छ । आफ्ना पछिल्ला पुस्तालाई अप्रासाङ्गिक विचारको बोझ दिनुभन्दा, सबै विचारप्रति आलोचनात्मक चेत राख्ने सबैलाई दक्षिणपन्थी, संशोधनवादी वा प्रतिक्रियावादीको विल्ला भिराउनुभन्दा खुल्ला बहसलाई आमन्त्रण गरेर सही निष्कर्षमा पुग्न सकिन्छ ।

वैचारिक सैद्धान्तिक मामिलामै सही, एकोहोरोपनले अपेक्षित परिणाम दिदैन । यस्तो लत वा बानी कहिलेकाहीं कति खतरनाक हुन्छ यहाँ एक प्रसङ्ग हेरौँ : अलेक्जेन्ड्रियामा कुनै बखत एउटा ठूलो पुस्तकालयमा आगो लाग्यो । आगोले आधी डढेका पुस्तकहरु यत्रतत्र छरिए । एकजना मानिसले ती डढेका पुस्तक पल्टाउदै गर्दा एउटा आधी डढेको पुस्तकभित्र एउटा कागजको टुक्रा फेला पार्यो । टुक्रामा लेखिएको थियो– ‘नजिकैको समुन्द्रको किनारमा रहेका हज्जारौं ढुङ्गा छन् ती मध्ये एक ढुङ्गा अरुभन्दा तातो छ । त्यो भेट्ने मानिसले त्यस उपरान्त संसारको सबै सुन प्राप्त गर्नेछ ।’

विचार मानिसका लागि हो, मानिस विचारका लागि होइन । अहिलेसम्म मानव समुदायले प्राप्त गरेका तमाम प्रगतिशील विचारको मन्थन, समुन्नति र सदुपयोग नभई समाजको अग्रगामी छलाङ् हुन सक्दैन ।

त्यो मानिस भोलिपल्टदेखि किनाराका चिसा ढुङ्गा टिप्दै छाम्दै समुन्द्रमा फाल्न थाल्यो । एक दिनमा सकिने काम थिएन त्यो । दिन प्रतिदिन ऊ ढुङ्गा फाल्न अभ्यस्त भयो । टिप्दै फाल्दै, टिप्दै फाल्दै । अन्तिमतिर उसले भनिएको तातो ढुङ्गो त भेट्टायो तर त्यो तातो छ कि चिसो छ भन्ने मुख्य कुरा बिर्सियो र पूर्ववत् समुन्द्रमा फालिदियो । विचरा उसको सारा श्रम खेर गयो । ठीक त्यसरी समयअनुसार विचार सान्दर्भिक छ कि छैन भनेर छुट्याउने क्षमता सबैमा हुनु आजको ज्वलन्त आवश्यकता हो ।

विचार मानिसका लागि हो, मानिस विचारका लागि होइन । अहिलेसम्म मानव समुदायले प्राप्त गरेका तमाम प्रगतिशील विचारको मन्थन, समुन्नति र सदुपयोग नभई समाजको अग्रगामी छलाङ् हुन सक्दैन । नेपालको राजनैतिक र आर्थिक क्षेत्रमा भीमकाय परिवर्तन भइसकेको सन्दर्भमा त्यसलाई थेग्ने चिन्तन र संस्कृति सर्वत्र अपेक्षित छ ।