यूएई । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च यूएईले नेपाली कामदारले प्रवासमा भागेका मुद्दालाई जोडदार रुपमा उठाउने भएको छ ।
नेपाली श्रमिकले भोगेका मुद्दाका विषयमा छलफल गरी आगामी रणनीति तय गर्न मञ्चले शुक्रबार यूएईको बरदुबईमा विशेष कार्यक्रम राखेको छ । कार्यक्रमलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं जिफन्टका अध्यक्ष विष्णु रिमाल र नेतृ बिन्दा पाण्डेले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा यूएईस्थित नेपाली समाजका प्रतिनिधि प्रवासी मञ्चका सदस्य तथा सरोकारवालाहरुको सहभागिता रहने मञ्चका अध्यक्ष प्रकाश कोइरालाले दैनिक नेपाललाई जानकारी दिनुभयो ।














प्रतिक्रिया