
काठमाडौं, १३ फागुन । एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका–५, पस्र्याङ्गमा पनि खुलेको छ । पर्स्याङ्ग शाखाको सोमबार पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सी.ले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
उक्त शाखाले कारोबार भने भाद्र २ गतेदेखि नै स ञ्चालन गर्दै आएको छ ।
बैंकका हाल देशभर २७७ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले देशभर रहेका २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत पनि बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया