२९ आश्विन २०८३, बिहिबार

एमआरपी पासपोर्ट बनाउन दुतावासले अमेरिकामा फोकल पर्सन खटायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Untitled-2सिकागो, अमेरिका । विदेशमा गएका प्रवासी नेपालीका लागि नेपाल सरकारले नयाँ एमआरपी पासपोर्ट बनाउन थालेपछि अमेरिकाका नेपाली एकजुट भएका छन् ।

निश्चित अवधिमा एमआरपी पासपोर्ट बनाइसक्नुपर्ने भएकाले प्रवासी नेपालीहरु एकजुट भएका हुन् । प्रवासी नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघ एनआरएनको पहलमा राजदुतावासले नेपालीहरुको सहयोगका लागि विभिन्न सहरमा फोकल पर्सन खटाएको छ ।

यसैक्रममा नेपालको कपिलबस्तु जिल्लामा लामो समय सैक्षिक, सामाजिक सेवामा काम गरेका र विगत ५ बर्ष देखि अमेरिकाको सिकागो सहरमा बस्दै आएका प्रवासी नेपाली टेकराज पौडेललाई अमेरिका स्थित नेपाली राजदुतावासले फोकल पर्सनको जिम्मेवारी दिएको हो ।

सिकागो सहरमा सामाजिक गतिविधिमा कार्यरत सामाजिक अगुवा पौडेललार्इ नेपाली राजदुतावास वासिगटन डिसी अमेरिका र एनआरएन अमेरिकाले संयुक्त रुपमा सिकागो शहर वरिपरिका बस्ने नेपालीहरुको एमआरपी पासपोर्ट बनाउने कार्यका लागि फोकल पर्सनमा चयन गरेको हो ।

नेपाल सरकार र अन्तर्राष्ट्रिय अध्यागमन विभागले आगामी अक्टुबर २४ ,२०१५ सम्म हस्तलिखित पासपोर्टलाइ विस्थापित गरि मिसिन रिडेबल पासपोर्ट बोक्न अनिवार्य गरेपछि अमेरिकाको विभिन्न सहरमा बसोबास गर्दै आएका हस्तलिखित पासपोर्टधारी नेपालीहरुलार्इ सहज तरिकाबाट एमआरपी उपलब्ध गराउन यस्तो व्यवस्था गरिएको राजदुतावासले जनाएको छ ।

अमेरिकाका मुख्य दशवटा सहरमा एनआरएन अमेरिकाको पहलमा नेपाली राजदुतावासले यो सुबिधा उपलब्ध गराउन सुरु गरेको हो । एनआरएन अमेरिकाको पहल सुरु हनुपुर्व ६ महिना पहिलेदेखिनै सामाजिक अगुवा पौडेलले हरेक आइतबार दिउसो १२ बजे देखि ५ बजे सम्म एमआरपी बनाउनेहरुलाई आफै सम्पर्क गरेर फारम उपलब्ध गराउने, सहयोग गर्दै आउनुभएको थियो ।

फोकल पर्सन तोकिएका पौडेलले हाल सम्म करिबएमआरपीका लागि प्रवासी नेपालीहरुको दुई सय भन्दा बढी फारम भरेको जानकारी दिनुभयो । स्थानीय संघ संस्थाका विभिन्न जिम्मेवारीमा रहनु भएका पौडेल नेपाली समुदायका साना मसिना काम गर्न रुचाउने भएकोले पनि नेपाली राजदुताबास अमेरिकाले यस अघि नै पौडेललाई एमआरपी बनाउन स्वतफुर्त रुपमा आफुहरुले गर्ने काममा सहयोग गर्दै आएकोमा आभार प्रकट गरेको थियो ।

फोकल पर्सनहरुले एमआरपी फारम, उपलब्ध गराउने, भर्न सिकाउने, आवश्यक कागज पत्र जुटाउने र पठाउने तथा अन्य बिषयमा सरसल्लाह दिने काम गर्नेछन् । पौडेलसंगै स्थानीय सुमन वस्तीलार्इ समेत यो जिम्मेवारी भएको एनआरएनका महासचिब कृष्ण पोखरेलले बताउनुभयो ।