
काठमाडौं, १२ फागुन । एनआईसी एशिया बैंकले महिलाहरूलाई उद्यमशील बनाउने लक्ष्य स्वरुप नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ ।
बैंकले महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । आइतबार भएको सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा २ लाख देखि १० लाख रुपैयाँसम्म उद्यमशील प्राकृतिक ब्यक्तिका लागि उपलब्ध गराउने बैंकले जनाएको छ ।
सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपूर्ण कर्जा योजनाका लागि पनि योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकका हाल देशभर २७७ शाखा कार्यालयहरु रहेका छन् । यस्तै बैंकले देशभर रहेका २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया