३ कार्तिक २०८३, मंगलबार

जनता बैंकको आयोजनामा दोरम्बामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा रामेछापको दोरम्बा गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र स्तन क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रम भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसुति रोग सम्बन्धी र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने क्रममा रामेछापको दोरम्बा गाउँपालिकामा यही फागुन ८, ९ र १० गते आँखा परीक्षण तथा मोतिबिन्दुको शल्यक्रिया र क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको बैंकले जनाएको छ । नेपाल नेत्रज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर भएको हो । क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा रोज फाउण्डेसन र नेपाल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको थियो ।

स्वास्थ्य शिविरमा १ हजार भन्दा बढीकोे स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ५७ जनाको शिविर स्थलमै मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने बिरामीहरुलाई आवश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्रीरोग सम्बन्धी उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेसन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेसनको लागि धुलिखेल अस्पतालमा रिफर गरिएको छ ।

रिफर भएका महिलाहरुको निःशुल्क अपरेसन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।