कतार । बैदेशिक रोजगारीका लागि आठ बर्षअघि कतार पुगेका गोरखा पन्द्रुङ-२ का हिराबहादुर थापासँग त्यतिखेर सफल भविष्यको कल्पना थियो । घरपरिवारलाई भरथेग, बालबच्चालाई उचित शिक्षा र सुरक्षित जीवनको सपना कतारमै बिसाएर फर्कन बाध्य हिरासँग अहिले काम गर्न छाडेका दुवै मृगौलासहितको शरिरमात्र छः जसलाई बचाउन उनी सहयोगको याचना गरिरहेका छन् ।
“कतारमा आठ बर्ष बसेँ, कुनै दिन मैले घाँटी भिज्ने र तिर्खा मेटिनेगरि पानी पिउन पाईन,” भारतको बीएम कपुर अस्पतालबाट टेलिफोन सम्पर्कमा सुक्सुकाउँदै उनले भने “पर्याप्त पानी नपिएकै कारण मृगौलाले काम नगरेको डाक्टरले ठहर गरे, यता मेरो जीवन, घरपरिवार र सवै कुरा विचल्लीमा प¥यो ।” पारिवारिक अवस्था निकै कमजोर रहेका हिराले मृगौला डायलाईसिसका क्रममा भएभरको सवै सम्पति सकिसकेका छन् । कतार जानुअघि भारतमै लगातार १५ बर्ष रोजगारीको खोजीमा भौतारिएका हिरा यतिखेर आफु बाँच्ने आशमा सहयोगको याचना गरिरहेका छन् ।
हाल भारतको राजधानी नयाँ दिल्ली स्थित पुसा रोड, बीएल कपुर अस्पतालमा अलपत्र परेका हिरालाई आवश्यक उपचारका लागि केही दिनभित्रै पाँच लाख भारतीय रुपियाँ (नेरु ८ लाख) जम्मा गर्न अस्पतालले आग्रह गरेको छ । हिराकी श्रीमती सोना हाल आफ्ना श्रीमानको उपचारका लागि तत्काल यति रकम जुटाउन नसक्ने स्थितीमा छिन् । श्रीमानको जटिल स्वास्थस्थितीका बीच ११ र ८ बर्षे दुई छोरा हुर्काईरहेकी उनले हिराको जीवनरक्षाका लागि एभरेष्ट बैंकको लगनखेल शाखामा रहेको आफ्नो खाता नं ०३२००५०१२०६८७९ मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरेकी छिन् । सहयोगीहरुले सोनासँग ९८१७१४६७८१ र ९८४६००८७२८ मोबाईल नम्बरमा सम्पर्क गरेर पनि सहयोग गर्न सक्नुहुनेछ ।














प्रतिक्रिया