२० कार्तिक २०८३, शुक्रबार

पाँच लाख रुपैयाँ मूल्यको अवैध चाँदीसहित पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जितपुर, ११ फागन । कपिलवस्तुमा प्रहरीले पाँच लाख रुपैयाँ बराबरको अवैध चाँदीसहित एकलाई पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका–१ तौलिहवा बसपार्कबाट भारतको जिल्ला सिद्धार्थनगर ग्राम उस्का बजार बस्ने वर्ष ७६ का ओमप्रकाश बर्मालाई प्रहरीले चाँदीसहित नियन्त्रणमा लिएको हो ।

शेष सुराकीका आधारमा प्रहरी टोलीले बर्माको शरीर खानतलासी गर्दा सेतो रङको आसकोटभित्र चाँदी फेला पारेको बताइएको छ ।

आसकोटभित्र लुकाइछिपाइ राखेको अवस्थामा चाँदी जस्तो देखिने आयात आकारको ४ थान, ८ किलो ४०० ग्राम चाँदी फेला परेको प्रहरीको भनाइ छ । बरामद गरिएको चाँदीलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएकोे छ । –रासस