
काठमाडौँ, १० फागुन । शुक्रबार सुनको मूल्य बिहीबारभन्दा ५ सय रुपैयाँ सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुन ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन तेजाबी सुन प्रतितोला ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज भने ५ सय रुपैयाँ घट्दै ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। छापावाला सुन बिहीबार प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदी पनि शुक्रबार अघिल्लो दिनको तुलनामा १० रुपैयाँ सस्तो भएको संघले जनाएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ सस्तो भए पनि पछिल्लो समय सुनको भाउ बढिरहेको छ।
गत माघमा सुनको भाउ ६२ हजार ६ सय उच्च र कममा ६० हजार ६ सय रुपैयाँ प्रतितोला कारोबार भएको थियो। यस्तै गत पुसमा पनि उच्च मूल्य ६० र कम मूल्य ५८ हजार प्रतितोलामा कारोबार भएको थियो।
त्यस्तै गत मंसिरमा उच्च मूल्य ६० हजार र ५७ हजार कम मूल्यमा कारोबार भएको थियो । गत बुधबार भने सुनको मूल्य हालसम्मकै अधिक प्रतितोला ६३ हजार तीन सय रुपैयाँ पुगेको थियो ।















प्रतिक्रिया