
काठमाडौं, ९ फागुन । प्रभु बैंकले बाराको अमलेखगञ्जमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगल लिमिटेडको परिसरमा बैंकको बिरगञ्ज शाखा कार्यालयले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
एक्स्टेन्सन काउण्टरको उद्घाटन नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले गरे । कार्यक्रममा यादवले पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।
बिहीबारदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सबैले बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।















प्रतिक्रिया