
काठमाडौं, ९ फागुन । मुक्तिनाथ विकास बैंकले एकै साथ तीन शाखा सञ्चालनमा ल्याएको छ । कास्कीको अमरसिङ्गचोक, जिरो किलोमिटर र मीतथालामा चौरमा गरी तीन स्थानमा एकैसाथ बैंकिङ सेवा सुचारु भएको छ ।
अमरसिङ्गशाखाको बिहीबार गण्डकी प्रदेशका सांसद मन बहादुर गुरुङ्गले उद्घाटन गरे ।
यस्तै जिरो किलोमिटर शाखाको सोही प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री मकिरण गुरुङ्गले गरे । कार्यक्रममा उनले बैंकले सानादेखि ठुला सबै किसिमका उद्यमीका लागि सहज सेवा प्रदान गर्ने वित्तिय संस्था बन्नुपर्नेमा जोड दिए ।
लामाचौर शाखाको भने पोखरा महानगरपालिका वडा नं १६ का अध्यक्ष जीवन आचार्य र वडा नं. १९ का शोभामोहन पौडेलले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस), स्थानीय, समाजसेवीतथाभद्रभलाद्मीहरुले बैंकको सफलताको शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा बैंकका अध्यक्ष खिमप्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।















प्रतिक्रिया