१ कार्तिक २०८३, आइतबार

नर्स बन्ने लक्ष्मीको सपना पूरा भो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nursसुर्खेत, २४ माघ । ख्याउटे शरिर, निन्याउरो अनुहार, मनमा बिछट्टै छट्पटी। भोक प्यासले कलेटी परेको ओठ।

पैसाको खोजीमा भौतारिएको चौथो दिन उनीसँग भेट भयो। आशाको मसिनो त्यान्द्रोले गोरखबहादुर परियारलाई छोरीसँगै डोर्‍याइरहेको थियो। छोरी लक्ष्मीको स्टाफ नर्स बन्ने धोको पूरा गर्नु थियो उनलाई।

२०६७ असोज १२ गते सुरक्षित समाजको वीरेन्द्रनगरस्थित कार्यलयमा भेटिएका गोरखबहादुरले आफू र श्रीमती गोरीकलाको बीचमा बसेकी छोरीतिर हेर्दै भने–पाँच दिनसम्म एक लाख ४४ हजार रुपैयाँ जुटाउन नसके यसले नर्स पढ्न नपाउने भई।

‘अहिलेसम्म कति जम्मा भो त, पत्रकारको जिज्ञासामा उनी झोक्राए। एकसुका कसैले दिएनन्’, उनले भने, ‘कोही भगवान भेटिए पढ्न पाउली, नत्र घर फर्किन्छे।’

पश्चिम सुर्खेतको सालकोटमा बालीघरको रुपमा गाउँलेको कपडा सिलाएर परिवार धान्दै आएका गोरखबहादुरसँग जायजेथा भइदिएको भए बेचेर पैसा जुटाइसक्थे।

साहुमहाजनले उनको अनुहार हेरेर कसरी पत्याउनुरु त्यसमाथि छोरीको सपना निकै महँगो थियो।

सिटीइभिटीले लिएको प्रवेश परीक्षामा २ सय ७५ प्रतिस्पर्धीलाइए उछिन्दै २४ औँ नम्बरमा नाम निकालेकी लक्ष्मीको गरिबी देखेका बैकल्पिक उम्मेदवारहरु कहिले म्याद गुज्रिएला र मौका पाइएला भन्ने पर्खाइमा थिए। लक्ष्मीको यो संकटा र अबसर सार्वजनिक भयो।

समाचार आएको पर्सीपल्ट असोज १७ गते चितवनका व्यापारी तेजवहादुर परियार उनको जीवनमा पहिलो भगवान बनेर सुर्खेत आए। सेडा नर्सिङ कलेजलाई ५० हजार रुपैयाँ बुझाउँदै उनले भने–बाँकी पैसा म चितवन फर्के लगत्तै पठाउँछु, नानीको पढाई नरोकियोस्।

तेजवहादुरले लक्ष्मीलाई सेडाको कम्पाउन्डभित्र पसालेपछि उनको जीवनमा अरु परोपकारी थपिए, जसले नेपालदी मन गरिब छैन भन्ने पुष्टि गर्‍यो।

लक्ष्मीले झन्डै ९० प्रतिशत अंक ल्याएर एक वर्षअघि स्टाफ नर्सको अध्ययन पूरा गरेको समाचार नागरिक दैनिकले छापेको छ ।