काठमाडौं, २४ माघ । मासिक डेढ लाख तलब पाइने भएपछि धादिङका सुब्बा गुरुङले गत वर्ष भदौमा नेपाली सेनाको जागिर छोडे।
ऋाफ्नै काका श्रीप्रसाद गुरुङले नाइजेरियामा सेक्यूरिटी गार्डमा आकर्षक तलबसहितको जागिरको अवसर सुनँएपछि उनले सेनाको जागिर छोडेका थिए।
काकालाई चार लाख रुपैयाँ बुझाएर उनी कहिलेकाहीँ मात्रै नाम सुनेको अफ्रिकी देश नाइजेरिया जान तयार भए।
नाइजेरिया त पुगे तर, पैसा कमाउने होइन, ज्यान बचाउानैलाई उनलाई मुस्किल भयो।
महिनौँ झुलाएपछि उनलाई त्यहाँ जागिर होइन, समलिंगी न्न प्रस्ताव गरियो।
त्यहाँको एक होटेलमा तीन महिना बन्धक बनाइएपछि अनेक समस्यासँग जुध्दै गत साउनमा उनी नेपाल फर्किएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
नाइजेरियामा काम गर्न गएका उनीसहित १० जना बल्लतल्ल ज्यान जोगाएर फर्किएका थिए।
आकर्षक कमाइको सपनाम गुरुङजस्तै लाखौं नेपाली सुवायुवती अवैध रुपमा विश्वका विभिन्न देश पुग्ने गरेका छन्।
तिनीहरुमध्ये युवती यौनका लागि र पुष श्रमका लागि बेचिने क्रम बढ्दो छ।















प्रतिक्रिया