१ कार्तिक २०८३, आइतबार

मर्यादापालकहरुलाई सेवासुविधामा पक्षपात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maryadak-Palakकाठमाडौं, २४ माघ । संसद सचिवालयमा रहेका मर्यादापालकहरुले आफूहरुलाई सेवासुविधामा पक्षपात गरेको भन्दै दुख व्यक्त गरेका छन्।

रक्षा महाशाखाबाट खटिएका मर्यादापालकहरुले आफू पक्षपातमा परेको आवाज उठाइदिन सञ्चारकर्मीहरुलाई आग्रह गर्दै अन्य कर्मचारी सरह ८० प्रतिशत भक्ता उपलब्ध गराउन माग गरेका छन्। आफूहरुले ३५ प्रतिशत मात्र भत्ता पाएको भन्दै उनीहरुले असन्टुष्टि पोखेका हुन्।

अहिले संसद सचिवालयमा १ सय २३ जना मर्यादापालक रहेको भन्दै उनीहरुले सभामुखले करारमा नियुक्त गरेका प्रमुख मर्यादापालक हरिभक्त खड्कालाई भने ८० प्रतिशत भत्ता उपलब्ध गराएको आरो्प समेत लगाएका छन्।

साथै सुरक्षा महाशाखाबाट खटिएका सभामुखका पछौटेहरुलाई समेत ८० प्रतिशत भत्ता उपलब्ध गराएको भन्दै उनीहरुले एउटै महाशाखाबाट आएका मर्यादापालकहरुलाई भने भेदभाव गरेको भन्दै आक्रोश पोखेको समाचार नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

आफ्नो नाम सार्वजनिक गरी सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदा संगठनले कारबाही गर्ने भन्दै नाम नबताउने सर्तमा एक मर्यादापालकले भने–यहाँका अन्य कर्मचारीलाई विदाको समयमा छुट्टै भत्ता उपलब्ध हुन्छ तर हामीहरुलाई भने त्यो सुविधा छैन।

संविधान सभाको वैठक बसेको बेला आवश्यकता अनुसार सयौँको संख्यामा मर्यादापालक राखिने भए पनि नियमित रुपमा भने एक सय २३ जना मर्यादापालक रहेको बताइएको छ ।