३ कार्तिक २०८३, मंगलबार

आइएमई इन्स्योरेन्स र मुक्तिनाथ बैंकबीच बैंकाएसुरेन्स सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृतद्वय तिल बहादुर गुरुङ तथा गोविन्द बहादुर राउतको उपस्थिती रहेको थियो ।

सोही अवसरमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडसँगको सहकार्यबाट दुवै संस्थाका ग्राहकहरुले सेवाहरु सहज र सुलभ रुपमा लिन सक्ने हुनाले आफूलाई असाध्यै खुशी लागेको र निकट भविष्यमा नै अन्य सेवाहरुमा पनि क्रमसः हातेमालो गर्दै अगाडी बढ्ने मनसाय व्यक्त गरे ।

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

बैंकका सबै ग्राहकहरुले आफूले बैकिङ सेवा लिइरहेको शाखामार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकसँग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।