२० कार्तिक २०८३, शुक्रबार

गाउँपालिकाद्वारा प्रहरी भर्नाको आवेदन आह्वान

12.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, ८ फागुन । खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा गाउँ प्रहरी भर्नाका लागि १७ उम्मेदवारको आवेदन परको छ ।

गाउँ प्रहरीमा भर्नाका लागि माघ २२ गतेदेखि फागुन ७ गतेसम्मको आवेदन म्याद दिएकामा १७ जनाको आवेदन परेको गाउँपालिकाका सूचना अधिकारी युवराज फुयाँलले बताए ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार शान्ति सुरक्षा एवं नीति नियमलाई प्रभावकारी कार्यान्यवनका लागि गाउँपालिकाले जिल्लामै पहिलोपल्ट गाउँ प्रहरीको भर्ना गर्न लागेको हो ।

पाँच हजार नागरिकका लागि एक जना गाउँ प्रहरीको व्यवस्था गर्नेगरी गाउँ प्रहरी कार्यविधि ल्याइएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए ।

लिखित, शारीरिक तन्दुरुस्ती परीक्षण र अन्तरवार्ताका आधारमा छनौट हुने गाउँ प्रहरीलाई गाउँपालिकाभित्रकै कार्यक्षेत्रमा खटाइनेछ ।